कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने — OSNepal

कांग्रेस संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्ने

LC (KTM) May 19, 2024 0

काठमाडौँ, ६ जेठ- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको संसदीय दलको बैठक सोमबार बिहान बस्ने भएको छ ।कांग्रेस संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले कांग्रेस संसदीय दल कार्यसमिति र संसदीय दलको बैठक भोलि सोमबार बिहान बस्न लागेको जानकारी दिनुभयो ।

संसदीय दल कार्यसमितिको बैठक बिहान ८ः३० बजे र संसदीय दलको बैठक बिहान ९ बजे बस्न लागेको कांग्रेसले जनाएको छ । उक्त बैठक सङ्घीय संसद् भवन नयाँ वानेश्वरस्थित ल्होत्से हलमा बस्ने प्रमुख सचेतक लेखकले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर