राप्रपाद्वारा काठमाडौँसहित मुलुकका विभिन्न भागमा मोटरसाइकल र्‍याली — OSNepal

राप्रपाद्वारा काठमाडौँसहित मुलुकका विभिन्न भागमा मोटरसाइकल र्‍याली

LC (KTM) May 21, 2024 0

काठमाडौँ, ८ जेठ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारलाई बुझाइएको ४० बुँदे मागको कार्यान्वयनमा दबाब दिने उद्देश्यले काठमाडौँसहित मुलुकका विभिन्न भागमा आज मोटरसाइकल र्‍याली गरेको छ ।

पार्टीमा प्रशिक्षण र युवा परिचालन कार्यक्रमअन्तर्गत देशभरका छ महानगरपालिका र ११ उपमहानगरपालिकामा आज मोटरसाइकल र्‍याली गरिएको पार्टीका प्रवक्ता मोहन श्रेष्ठले बताए । काठमाडौँमा बबरमहलबाट सुरु भएको र्‍याली नगरपरिक्रममा पछि दरबारमार्गमा पुगेर समापन भएको थियो ।

सो र्‍यालीमा पार्टीका वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रसहितका नेता र कार्यकर्ता सहभागी भएका थिए । मुलुकमा प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री र दुई तहको सरकारको शासकीय प्रणालीसहित विभिन्न विषयमा ४० बुँदे माग गत फागुन ९ गते सरकारलाई मागपत्र बुझाइएको थियो । रासस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर