राष्ट्रपति पौडेल र बिम्स्टेक का महासचिव पाण्डेबीच शिष्टाचार भेट — OSNepal

राष्ट्रपति पौडेल र बिम्स्टेक का महासचिव पाण्डेबीच शिष्टाचार भेट

LC (KTM) May 21, 2024 0

काठमाडौँ, ८ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलसँग बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गाल खाडीको प्रयास (बिम्स्टेक) का महासचिव इन्द्रमणि पाण्डेले आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरेका छन् ।

त्यस अवसरमा राष्ट्रपति पौडेलले समृद्धि, दिगो विकास र क्षेत्रीय स्थायित्वको साझा आकाङ्क्षाका रुपमा बिम्स्टेक रहेको बताए । उनले बिम्स्टेक क्षेत्रमा हिमाली भेगदेखि समुद्री तटसम्मका मुलुक रहेका बताउँदै आपसी सहयोगका साथै अन्य सहकार्यका विषयसँगै जलवायु परिवर्तनका असर कम गर्न साझेदारी आवश्यक भएको बताए ।राष्ट्रपति पौडेलले जलवायु परिवर्तनका असर कम गर्न हिमाललगायत पर्यावरण संरक्षणलाई प्राथमिकतामा राखेर काम गर्नुपर्नेमा जोड दिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर