गायिका शान्ति श्री परियारको स्वरमा ‘कालो चस्मा’ — OSNepal

गायिका शान्ति श्री परियारको स्वरमा ‘कालो चस्मा’

LC (KTM) May 22, 2024 0

गायिका शान्ति श्री परियार र मनिष श्रेष्ठको स्वरमा रहेको ‘कालो चस्मा’ गीतको भिडियो सार्वजनिक भएको छ । सार्वजनिक कालो चस्मा बोलको गीतमा गायक श्रेष्ठकै संगीत र अशोक बिष्टको शब्द रहेको छ । भिडिओमा अन्जली अधिकारी र गायक श्रेष्ठनै फिचर्ड छन् ।

मनिष श्रेष्ठको निर्देशन तथा कोरियोग्राफीमा बनेको उक्त भिडियो क्रिएटिभ मोशन पिक्चर्सले तयार गरेको हो । भिडियोलाई मनिष श्रेष्ठ युट्युब च्यानलबाट सार्वजनिक गरिएको छ । भिडिओलाई हालसम्म तीन लाख भन्दा धेरैले हेरेका छन् ।बिष्टकै लय, शब्द रहेको अर्को पूर्वेली गीतको भिडिओ यहि शुक्रबार बजारमा आउने बिष्टले जानकारी दिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर