प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची — OSNepal

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

LC (KTM) May 24, 2024 0

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज बस्दैछ । आज बिहान ११ बजे बस्ने बैठकको सम्भावित कार्यसूची पनि सार्वजनिक भएको छ । बैठकका लागि विभिन्न १० कार्यसूची तय गरिएको छ । कार्यसूची अनुसार आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको वार्षिक नीति तथा कार्यक्रममाथिको छलफल प्रारम्भ गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।

त्यसपछि सांसदहरूबाट प्राप्त संशोधनहरू प्रस्तुत गरिनेछ । नीति तथा कार्यक्रममा सांसदहरूले उठाएका प्रश्नको प्रधानमन्त्री जवाफ पनि दिनेछन् । यस्तै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्रको ब्यहोरा पढेर सुनाउने, बैठकको अध्यक्षता गर्ने सदस्यहरूको मनोनयन गर्ने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका सभापति अम्मरबहादुर थापाले सुरक्षण मुद्रण सम्बन्धी विधेयक सम्बन्धी समितिको प्रतिवेदन, २०८० पेस गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर