तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य — OSNepal

तोलामा एक हजार आठ सयले घट्यो सुनको मूल्य

LC (KTM) May 24, 2024 0

काठमाडौँ, ११ जेठ । स्थानीय बजारमा पहेँलो धातुको मूल्य आज तोलामा नै एक हजार आठ सयले ओरालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापवाला सुन आज एक लाख ३६ हजार नौ सय निर्धारण भएको छ । बिहीबार छापावाला सुन तोलामा एक लाख ३८ हजार सात सयमा कारोबार भएको थियो ।

यस्तै, तेजाबी सुन बिहीबार तोलामा एक लाख ३८ हजार ५० मा कारोबार भएकामा आजका लागि भने एक लाख ३६ हजार दुई सय ५० निर्धारण भएको छ ।त्यस्तै, चाँदीको मूल्य तोलामा १० ले घटेको छ । बिहीबार तोलामा रु एक हजार आठ सय ६५ मा कारोबार भएको चाँदी आजका लागि भने एक हजार आठ सय ५५ निर्धारण भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर