नारायणगढ–मुग्लिङ सडक खण्डमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु — OSNepal

नारायणगढ–मुग्लिङ सडक खण्डमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु

LC (KTM) May 27, 2024 0

भरतपुर महानगरपलिका–२९ को नारायणगढ–मुग्लिङ सडक खण्डको सत्र किलोमा चारवटा सवारी साधन एकैठाउँमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ।गएराति भएको सो दुर्घटनामा २३ जना घाइते भएका छन् भने घाइतेमध्ये सात जनाको अवस्था गम्भीर रहेको छ।

काठमाडौंबाट प्यूठानतर्फ जाँदै गरेको बा ४ ख ९०८६ नं‍ को बस, नारायणगढदेखि मुग्लिनतर्फ जाँदै गरेको ना ३ ख ७९१५ नं को ट्रक, काठमाडौंबाट महोत्तरी बर्दिबासतर्फ जाँदै गरेको ना ७ ख ३२४८ नं को बस र वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको ना ६ ख ८९६८ नं को बस एकै ठाउँमा ठक्कर खाँदा सो दुर्घटना भएको हो।

दुर्घटनामा चार वटै सवारी साधनका चालकसहित २३ जना घाइते छन्। उनीहरूको परिचय नखुलेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। घाइतेहरूमध्ये एक युवकको भरतपुर अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीको भनाइ छ। घाइते मध्ये १८ जनाको इच्छाकामना आधारभुत अस्पताल कुरिनटारमा र चारजनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर