आधारभूत तहमा महिला शिक्षकको संख्या पुरूषको भन्दा बढी — OSNepal

आधारभूत तहमा महिला शिक्षकको संख्या पुरूषको भन्दा बढी

LC (KTM) May 27, 2024 0

नेपालमा महिला शिक्षकको संख्या बढ्दै गएको देखिएको छ।अर्थमन्त्री वर्षमान पुनले आइतबार संघीय संसदका दुवै सदनमा प्रस्तुत आर्थिक वर्ष २०८०/०८१ को आर्थिक सर्वेक्षणले उक्त तथ्य औंल्याएको हो।शैक्षिक सत्र २०८० मा आधारभूत तह कक्षा (१, ५) मा महिला शिक्षकको संख्या ५४. १ प्रतिशत पुगेको छ । शैक्षिक सत्र ०७९ मा यो संख्या ४७.२ प्रतिशत थियो।

एक वर्षको अवधिमा महिला शिक्षकको संख्यामा ७ प्रतिशतको वृद्धि भएको देखिएको छ।
यद्यपि माध्यामिक तह (कक्षा (९ १२) मा भने महिला शिक्षकको संख्या कम छ । सो तहमा १९ प्रतिशत मात्र महिला शिक्षक रहेको तथ्यांकले देखाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर