बारा र पर्सामा विद्युत् कटौतीले समस्या — OSNepal

बारा र पर्सामा विद्युत् कटौतीले समस्या

LC (KTM) May 27, 2024 0

वीरगञ्ज (पर्सा), १४ जेठ : औद्योगिक नगरी बारा र पर्सामा विद्युत््को माग र आपूर्तिबीच सन्तुलन नमिल्दा ट्रिपिङ (झ्याप्प–झ्याप्प) विद्युत् कटौती हुने समस्या देखिएको छ । बारा र पर्साका औद्योगिक कोरिडोरमा दैनिक तीन सय मेगावाट विजुलीको माग भए पनि अहिले दुई सय मेगावाटको हाराहारीमा मात्रै विद्युत्् आपूर्ति हँुदै आएको छ । त्यसैले बेला बखतमा यहाँ विद्युत्् झयाप्प–झ्याप्प जाने समस्या देखिएको हो ।

नेपाल विद्युत्् प्राधिकरण वितरण केन्द्र वीरगञ्जका प्रमुख अवधेशकुमार दुबे विद्युत््को माग र आपूर्तिबीच सन्तुलन नहुँदा बेला बखत ट्रिपिङ हुने समस्या रहेको बताउनुहुन्छ । “बारा–पर्सा औद्योगिक कोरिडोरमा तीन सय मेगावाट विद्युत््को माग छ”, उहाँले भन्नुभयो, “रक्सौल–परवानीपुर एक सय ३२ केभीको प्रसारण लाइनबाट एक सय ४० मेगावाट विद्युत्् भारतबाट आयात हँुदै आएको छ । अन्य ६० मेगावाट विद्युत् ११ केभीको प्रसारण लाइनबाट आपूर्ति हुँदै आएको छ ।”

प्रमुख दुबेले बारा–पर्साका औद्योगिक क्षेत्रलाई प्राथमिकताका साथ विद्युत्् उपलब्ध गराउँदै आएको बताउनुभयो । बारा र पर्सामा अत्यधिक गर्मी बढेकाले पनि घरासयी तथा औद्योगिक क्षेत्रको विद्युत््को माग अत्यधिक बढिरहेकाले पनि बेला बखतमा ट्रिपिङ हुने गरेको उहाँको भनाइ छ ।

प्रमुख दुबेका अनुसार परवानीपुर–पिलुवा एक सय ३२ केभीको डबल सर्किट लाइनको प्रसारण लाइनमध्ये एउटा लाइनको कन्डक्टर अपग्रेडको काम भइरहेको छ । “कन्डक्टर अपग्रेडको काम केही समयभित्रै सक्ने प्रयास भइरहेको छ । त्यसपछि वितरण लाइनमा केही सहजता आउनेछ”, उहाँले भन्नुभयो । उक्त समस्या एक महिनाभित्र समाधान हुने उहाँ बताउनुहुन्छ । वीरगञ्ज वितरण केन्द्रअन्तर्गत कूल ५६ हजार ग्राहक रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर