विष्णुविक्रान्त (वामनदेव) को मूर्ति व्यवस्थित गर्न मन्दिर बनाइँदै — OSNepal

विष्णुविक्रान्त (वामनदेव) को मूर्ति व्यवस्थित गर्न मन्दिर बनाइँदै

LC (KTM) May 27, 2024 0

ठमाडौँ, १४ जेठ । पशुपति क्षेत्रका मूर्तिमध्ये तिथिमिति अङ्कनका आधारमा सबैभन्दा प्राचीन मानिएको विष्णुविक्रान्त (वामनदेव) को मन्दिर बनाइने भएको छ । एक हजार ७०० वर्षअघि बनाइएको यो मूर्ति तिथिमितिका आधारमा पशुपति क्षेत्रकै पुरानो मानिन्छ ।

काठमाडौँ महानगरपालिका–८ तिलगङ्गास्थित सडक किनारमा अलपत्र मूर्तिमाथि फोहर फाल्ने, ढलले डुब्नेजस्ता समस्या हुन थालेपछि मन्दिर बनाएर संरक्षण गर्न लागिएको वडाध्यक्ष आशामान सङ्गतले जानकारी दिए ।

सातौँ शताब्दीमा बनेको लिच्छविकालीन मूर्तिको थप वास्तविकता भने उत्खनन् गरेर सुरक्षित गरेपछि थाहा हुने उनले सुनाए । “मन्दिर बनाउन आजै मूर्ति निकालेर पशुपति क्षेत्र विकास कोषको कार्यालयमा सुरक्षित राखिनेछ, मूर्ति निकाल्दा कोष, पुरातत्व विभाग, संस्कृतिविद्को पनि उपस्थिति रहनेछ”,वडा अध्यक्ष सङ्गतले भने ।वडा कार्यालयको करिब १० लाख लागतमा मन्दिर निर्माण गर्न लागिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर