अष्ट्रेलियाको अष्ट्रेलियान प्रान्तमा चुनाव लड्दै नेपालकी चेली स्नेहालता — OSNepal

अष्ट्रेलियाको अष्ट्रेलियान प्रान्तमा चुनाव लड्दै नेपालकी चेली स्नेहालता

admin May 28, 2024 0

काठमाडौँ । अष्ट्रेलियाको क्यापितल ट्रेरिटोरी प्रान्तमा हुन गइरहेको प्रान्तिय चुनावमा नेपालकी चेली स्नेहालता केसीले उम्मेदवार बन्ने भएकी छन् । उनी त्यहाँ हुने निर्वाचनमा प्रदेशसभा पदका लागि उम्मेदवार बन्न लागेकी हुन् ।
सानैदेखि वृद्धबृद्धाहरु र मानाब सेवामा रुचि राख्ने उनलाई एक सभामा अरु प्रतिसपर्धी बीच ७ मिनेट भाषण बोलन दिइएको थियो । त्यहाँ उनले आफ्नो बोली मार्फत प्रतिस्पर्धिलाई पनि चकित बनाएकी छन् । उनले समसामयिक बिषय दिएको अभिब्यक्तिले सबैको मन जितेको थियो । त्यहाँ भोटिङ चेक र प्रश्नउत्तोर पनि भएको थियो । जसबाट चुनाबमा उम्मेदवार बन्न उनी च्निएकी हुन् ।

अष्ट्रेलिया क्यापिटल ट्रेटोरीमा विगत २८ वर्षदेखि लेबर नामक पार्टी सरकारमा छ । निरन्तर २८ वर्षसम्म एउटै पार्टीको सरकार भएपनि जनताका आवस्यकता अनुसारको काम नहुँदा जनताहरुमा बितृष्णा छाउदै गएपछि त्यहाँ अहिले नयाँ राजनीति दल स्थापन हुने क्रम जारी छ । क्याम्बेरिया प्रान्तका जनता पनि पुराना राजनीति दलको विकल्पको रुपमा पुराना राजनीति दलप्रति छाउदै गएको बितृष्णा र निराशाले नयाँ दल प्रती चासो दिन थालेका छन् । त्यहाँ विकल्पको रुपमा क्यापिटल ट्रेरोटोरीमा इन्डिपेन्डेन्स फोर क्यान्बेरा नाम गरेको नयाँ राजनीति दल खोलिएको छ । सोही पार्टीबाट स्नेहा चुनाब लड्ने भएकी हुन् । उनी त्यहाँस्थित निर्वाचन क्षेत्रका मतदाताकै राय सल्लाहना चुनाबमा होमिएकी हुन् ।

त्यहाँका मतदाताले नै उनको सात मिनेटको रोचक र समसामयिक अभिव्यक्ति सुनेर चुनाबमा अघि सारेका हुन् । नेपालको नेपालगञ्जमा जन्मिएकी स्नेहा पहिलादेखि नै अष्ट्रेलिया बस्दै आएकी थिइन् । उनी त्यहाँको वासिन्दा भैसककी छन् । उनी २०११ मा अस्ट्रेलिया गएकी थिइन् । उनी नेपालमा हुँदा रजिस्ट्रार्ड नर्स थिइन् । यतिमात्र होईन उनी अभिनेत्री समेत हुन् । उनले नाम चलेका विज्ञापन र म्युजिक भिडियोमा नेपाल हुँदा अभिनय समेत गरेक थिइन् ।
पुर्व सञ्चारकर्मी समेत रहेकी उनले हिमालय टेलिभिजनमा समेत आबद्ध भैई काम गरिसकेकी छन् । उनले बिदेशमा हुँदा विभिन्न सं संगठनमा आबद्ध रही नेतृत्वदायी भुमिका निर्वाह गरीसकेकी छन् । सामाज सेवा भनेपछि भुतुक्कै उनी राजनीतिका मध्यमबाट समाजसेवा गर्नुपर्छ र राजनीतिलाई सेवाका रुपमा लिनुपर्छ भन्ने धारणा राीख्छन् ।

राजनीति निस्वार्थ भावनाले जनताको सेवाका लागी गर्नुपर्छ, राजनीति कुनै पेशा होईन सेवा हो, राजनीति कुनै आयआर्जन र आम्दानीको श्रोत होईन, जीवन भर जनताको सेवक हुन्छु भन्नेले मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने उनको मान्यता हो ।
त्यहाँको स्वास्थ्य अवस्था सुधारका लागि आफु निर्वाचनमा होमिएको बताइन् । उनी भन्छिन्, ‘मलाई पहिला यहाँ आउँदा यो समाज व्यवस्थित लाग्थ्यो, तर काम गर्दै जाँदा यहाँ हरेक कुरामा अनियमितता हुने गरेको मैले देखे । म यहीँ ठाउँको बासिन्दा भैसकेपछि यो क्षेत्र सुधार गर्नु मेरो पनि दायित्व हो ।’

स्वास्थ्य संस्थामा हुने अनेमियताको सुधार आफ्नो पहिलो प्रथामिकता बताउने उनी स्वास्थ्य क्षेत्र सुधार गर्ने उदेश्य सहित निर्वाचनमा होमिएकी स्नेहाले थप्दै भनिन् ‘म बिरामी भएर इमर्जेन्सीमा जाँदा रातभरी कुरेकी छु, यहाँ चिकित्सकको अभावका कारण बिरामीहरुले सास्ती खेप्दै आएका छन् । उपचारका लागि टाढा जानुपर्ने बाध्यता छ यो जटिल समस्या हटाउनुपर्छ भन्ने मेरो योजना हो ।’ आफु बस्ने ठाँउको अवस्था परिवर्तन गर्नु सवै नागरिकको कर्तव्य भएकाले आफु चुनाब लड्न लागेको बताउने उनी यसमा कुनै भूगोल र नागरिकताले रोक्न नहुने धारणा राख्छिन् । अष्ट्रेलियामा ८ वटा प्रान्तहरु छन् । अष्ट्रेलियान क्यपिटल ट्रेटोरीम २५ जनाले सरकार बनाउने गरेका छन् । चुनावी प्रतिस्पर्धामा स्वतन्त्र उम्मेदवार बाहेक इन्डिपेन्डेन्स फोर क्याम्बेरिय, लेबर, लिबरल, ग्रीन्स जस्ता अन्य पार्टीहरु छन् । स्नेहालता अष्ट्रेलिया अस्ट्रेलियान प्रान्तमा चुनाब लड्ने पहिलो महिला पनि हु ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर