तोकिएको समयमा नीति तथा कार्यक्रम ल्याइने : मुख्यमन्त्री कार्की — OSNepal

तोकिएको समयमा नीति तथा कार्यक्रम ल्याइने : मुख्यमन्त्री कार्की

LC (KTM) May 29, 2024 0

कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले निर्धारित समयमै आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम ल्याइने बताउनुभएको छ ।नेकपा एमालेको मंगलबार बसेको संसदीय दलको बैठकमा उहाँले प्रदेशसभामा नेपाली कांगेसको उपस्थिति भएर विरोध जनाए वा उपस्थित नभए पनि नीति तथा कार्यक्रम ल्याउने बताउनुभएको

दलका नेता तथा मुख्यमन्त्री कार्कीले कांग्रेस जस्तो लोकतान्त्रिक पार्टीले प्रदेशसभाको बैठक बहिष्कार गर्नु उचित नभएको बताउनुभयो । मुख्यमन्त्री कार्कीको नियुक्ति असंवैधानिक भन्दै नेपाली कांग्रेसले सर्वाेच्च अदालतमा रिट दायर गरेपछि प्रदेशसभा बैठक बहिष्कार गर्दै आइरहेको छ । कोशी प्रदेशसभाको बैठक यही जेठ २१ मा बोलाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर