सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु — OSNepal

सुर्खेतमा जीप दुर्घटना, चार जनाको मृत्यु

LC (KTM) May 30, 2024 0

सुर्खेत । सुर्खेतको वीरेन्द्रनगरमा भएको जीप दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सुर्खेतबाट कालीकोट जाँदै गरेको जिप वीरेन्द्रनगर नगरपालिका–१३ को रातानाङ्लानजिकै टाकुरीमोडमा भएको दुर्घटनामा ४ जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

आज बिहान २ बजेतिर भे १ च २५६० नम्बरको जिप दुर्घटनामा परेको हो । मृतकमध्ये तीन जनाको सनाखत भएको छ । दुर्घटनामा मृत्यु हुनेहरूमा कालीकोटको शुभकालिका गाउँपालिका–३ का नमराज विक, तन्त विका र उनका छोरा वीरेन्द्र विक छन् ।

दुर्घटनामा घाइते भएका चालक कालीकोट खाँडाचक्र–९ का २५ वर्षीय नरेन्द्र विष्ट र शुभकालिका–३ भर्ताका ३८ वर्षीय नरी कामीको सुर्खेतमा उपचार भइरहेको छ । ६ जना सवार जिप सडकबाट अन्दाजी दुई सय मिटर तल खसेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर