तत्काल विदेशबाट भए पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग कांग्रेसको माग — OSNepal

तत्काल विदेशबाट भए पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग कांग्रेसको माग

LC (KTM) May 08, 2021 0

काठमाडौँ, २५ वैशाख – नेपाली कांग्रेसले अस्पतालमा अक्सिजन कमीको समस्या तत्काल सम्बोधन गर्न, कृत्रिम अभाव सिर्जना गर्नेलाई कार्वाही गर्न र आवश्यकतानुसार विदेशबाट भए पनि अक्सिजन र अक्सिजन सिलिण्डरको आपूर्ति गर्न सरकारसँग माग गरेको छ । पार्टीको कोभिड—१९ अनुगमन समितिले देशभरका अस्पतालमा शय्या नपाएर कोरोना उपचारबाट वञ्चित हुनुपरेको र अक्सिजनको अभाव हुन थालेको प्रति सरकारलाई संवेदनशील हुन आग्रह गरेको छ ।

कांग्रेस सहमहामन्त्री एवं समिति संयोजक डा प्रकाशशरण महतले आवश्यकतानुसार देशका विभिन्न ठाउँमा कोभिड–१९ उपचारका लागि अस्थायी अस्पतालको समुचित व्यवस्था गरी हरेक नागरिकको उपचार पाउने अधिकारको सुनश्चितता गर्न सरकारसँग माग गर्नुभएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर