टी–२० विश्वकप क्रिकेट : अस्ट्रेलियाद्वारा ओमान पराजित — OSNepal

टी–२० विश्वकप क्रिकेट : अस्ट्रेलियाद्वारा ओमान पराजित

LC (KTM) June 06, 2024 0

काठमाडौँ, जेठ २४ गते । आइसिसी पुरुष टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत बिहीबार भएको खेलमा अस्ट्रेलियाले पहिलो खेलमा ओमानलाई पराजित गरेको छ । अस्ट्रेलियाले ओमानलाई ३९ रनले पराजित गरेको हो ।

बारबाडोसको ब्रिजटाउन मैदानमा ओमानले टस जितेर पहिला फिल्डिङ राजेको थियो । अस्ट्रेलियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो । एक सय ६५ रनको लक्ष्य पछ्याएको ओमानको पारी नौ विकेटको क्षतिमा एक सय २५ रनमा समेटियो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोनिस र डेभिड वार्नरले अर्धशतकीय पारी खेले स्टोनिसले ३६ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक ६७ रनको योगदान दिए । यस्तै वार्नरले ५१ बल खेल्दै एक छक्का र ६ चौका हान्दै ५६ रन बनाए । यस्तै मिचेल मार्सले १४, ट्रभिस हेडले १२ तथा टिम डेभिडले १० रन बनाए । बलिङतर्फ ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एक एक विकेट लिए ।

यसैगरी, ओमानका लागि एक सय २५ रन बनाउने क्रममा आयान खानले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै मेहरान खानले २७, अकिब इलियासले १८ तथा शकील अहमदले ११ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन तथा नाथन एलिस, मिचेल स्टार्क र एडम जम्पाले दुई दुई विकेट लिए ।टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेटस् (युएई) र पाकिस्तानबिच बिहीबार राति ९ः१५ बजे खेल हुनेछ । रा

बारबाडोसको ब्रिजटाउन मैदानमा ओमानले टस जितेर पहिला फिल्डिङ राजेको थियो । अस्ट्रेलियाले ब्याटिङ गर्दै निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ६४ रन बनायो । एक सय ६५ रनको लक्ष्य पछ्याएको ओमानको पारी नौ विकेटको क्षतिमा एक सय २५ रनमा समेटियो ।

अस्ट्रेलियाका लागि मार्कस स्टोनिस र डेभिड वार्नरले अर्धशतकीय पारी खेले स्टोनिसले ३६ बलमा ६ छक्का र दुई चौकाको मद्दतमा सर्वाधिक ६७ रनको योगदान दिए । यस्तै वार्नरले ५१ बल खेल्दै एक छक्का र ६ चौका हान्दै ५६ रन बनाए । यस्तै मिचेल मार्सले १४, ट्रभिस हेडले १२ तथा टिम डेभिडले १० रन बनाए । बलिङतर्फ ओमानका मेहरन खानले दुई तथा बिलाल खान र कलीमुल्लाहले एक एक विकेट लिए ।

यसैगरी, ओमानका लागि एक सय २५ रन बनाउने क्रममा आयान खानले सर्वाधिक ३६ रनको योगदान दिए । त्यस्तै मेहरान खानले २७, अकिब इलियासले १८ तथा शकील अहमदले ११ रन बनाए । बलिङतर्फ अस्ट्रेलियाका लागि मार्कस स्टोइनिसले तीन तथा नाथन एलिस, मिचेल स्टार्क र एडम जम्पाले दुई दुई विकेट लिए ।टी–२० विश्वकप क्रिकेट प्रतियोगिताअन्तर्गत युनाइटेड अरब इमिरेटस् (युएई) र पाकिस्तानबिच बिहीबार राति ९ः१५ बजे खेल हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर