स्वच्छ खानेपानी सबै नागरिकको पहुँचमा पुर्‍याउन प्रतिबद्ध छु : मन्त्री राई — OSNepal

स्वच्छ खानेपानी सबै नागरिकको पहुँचमा पुर्‍याउन प्रतिबद्ध छु : मन्त्री राई

LC (KTM) June 06, 2024 0

काठमाडौँ, २४ जेठ । खानेपानीमन्त्री राजेन्द्रकुमार राईले स्वच्छ खानेपानी सबै नागरिकको पहुँचमा पुर्याउन आफू प्रतिबद्ध रहेको बताएका छन् ।गणतन्त्रयताका पूर्वाधार विकाससम्बन्धी राष्ट्रिय समाचार समिति (रासस)ले आयोजना गरेको ‘रासस तस्बिर प्रदर्शनी’ आज यहाँ अवलोकनका क्रममा मन्त्री राईले स्थानीय, प्रदेश र सङ्घीय गरी तीनै तहका सरकारले देशभर खोनपानीको समस्या हल गर्न संयुक्त रूपमा छलफल तथा निष्कर्ष निकाल्न लागिपरेको जानकारी दिए ।

“जलवायु परिवर्तनको असरले भूमिगत पानीको स्रोतहरू सुक्दै गएका छन् । अन्य ठाउँहरूमा पनि मुहानहरू सुक्दैछन्, यो हाम्रा लागि चुनौती हो”, उनले भने, “देशभर झण्डै २७ प्रतिशत जनताले स्वच्छ खानेपानी पाएका छन् भने ७६ प्रतिशतले सामान्य खानेपानी पाएका छन् । अहिले बाँकी रहेकालाई खानेपानीको पहुँचमा पुर्याउन प्रयासरत छौँ ।”

गणतन्त्रात्मक व्यवस्थाले राजनीतिक व्यवस्था परिर्वतनसँगै भौतिक पूर्वाधार विकास, सामाजिक न्याय र आर्थिक समृद्धि सम्भव भएको मन्त्री राईको भनाइ थियो ।

“मुलुकमा गणतन्त्र आइसकेपछि भौतिक पूर्वाधार निर्माण र विकासमात्र होइन, जनताको जीवनस्तर उकास्न आर्थिक समृद्धि एवं राष्ट्रियताको सुरक्षा हुन्छ भन्ने यी तस्बिरहरूले झझल्को देखाएका छन्”, तस्बिरको अवलोकनका क्रममा मन्त्री राईले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर