सगरमाथा आरोही डिजे तेञ्जिङ शेर्पालाई विभिन्न सङ्घसंस्थाको सम्मान — OSNepal

सगरमाथा आरोही डिजे तेञ्जिङ शेर्पालाई विभिन्न सङ्घसंस्थाको सम्मान

LC (KTM) June 07, 2024 0

काठमाडौँ- सगरमाथाको सफल आरोहण गरेको उपलक्ष्यमा शेर्पा विद्यार्थी सङ्घ, हिमालयन शेर्पा कल्चर र थोलेदेम्बा शेर्पा किदुकलगायतका सङ्घसंस्थाले बिहीबार काठमाडौँमा आयोजित कार्यक्रममा उनलाई सम्मान गरेका हुन्।

डिजे शेर्पाले गत मे २१ मा सगरमाथाको सफल आरोहण गरेका थिए। साथै गत मे १७ मा छ हजार चार सय मिटरको उचाइमा रहेको सगरमाथा क्याम्प २ मा ‘डिजे पार्टी’ आयोजना गरी सबैभन्दा उचाइमा भएको डिजे कन्सर्टका लागि गिनिज वर्ल्ड रेकर्डमा नाम लेखाउनका लागि प्रयास पनि गरेका थिए।

गत मार्चको अन्त्यमा उनले ‘स्टप ग्लोबल वार्मिङ, सेभ द हिमालय’ भन्ने नाराका साथ ‘एभरेस्ट एक्सपेडिसन २०२४’ घोषणा गरेका थिए । अभियानको उद्देश्य व्यक्तिगत उपलब्धिभन्दा पनि त्यसले पर्यटन प्रवर्द्धन गर्न र जलवायु परिवर्तनको असरबारे चेतना जगाउन पनि खोजेको डिजे तेञ्जिङले जानकारी दिए।

त्यस अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले डिजे तेञ्जिङले त्यस अभियानमार्फत जनचेतना अभिवृद्धि गर्ने प्रयासको प्रशंसा गरे । मन्त्री तामाङले डिजे तेञ्जिङलाई नेपालको राष्ट्रिय झण्डा दिएर उहाँको प्रयासमा सरकारको समर्थन जनाएका थिए।

सोलुखुम्बुका बासिन्दा तेञ्जिङले विगत १२ वर्षदेखि सोलुखुम्बु क्षेत्रमा विशेषगरी अन्तर्राष्ट्रिय सगरमाथा दिवस, २९ मे १९५३ मा ऐतिहासिक सगरमाथा आरोहणको सम्झनामा साङ्गीतिक कार्यक्रम आयोजना गर्दै आएका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर