गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे — OSNepal

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे

LC (KTM) June 07, 2024 0

गण्डकी, २५ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यही जेठ २८ गते विश्वासको मत लिनुुहुने भएको छ ।

मुख्यमन्त्री पाण्डेले जेठ २८ गते दिउँसो ३.०० बजे प्रदेशसभाको बैठकमा विश्वासको मत लिने प्रयोजनका लागि आज गण्डकी प्रदेशसभा सचिवालयमा सूचना दर्ता गराउनुुभएको प्रदेशसभा सचिव हरिराज पोखरेलले जानकारी दिनुभयो । विश्वासको मत लिने सम्बन्धमा प्रदेशसभा सचिवालयले सूचना जारी गरिसकेको छ ।

नेपालको संविधानको धारा १६८ को उपधारा ३ बमोजिम पाण्डे यही जेठ १६ गते मुख्यमन्त्री पदमा नियुक्त हुनुुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर