कांग्रेसले बहुमत ल्याउने गरी तयारी सुरु गरेको छः नेता निधि — OSNepal

कांग्रेसले बहुमत ल्याउने गरी तयारी सुरु गरेको छः नेता निधि

LC (KTM) June 07, 2024 0

काँक्रेविहार (सुर्खेत), २५ जेठ : नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले पार्टीभित्रका समस्या समाधान गर्दै आगामी चुनावमा कांग्रेसले बहुमत ल्याउने गरी तयारीमा लागेको बताउनुभएको छ । आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा निधिले पार्टीभित्रको वितृष्णा अन्त्य गर्दै असन्तुष्टि र असहमतिलाई सहज बनाउन देशभर छलफल र भेटघाट अघि बढाएको जानकारी दिनुभयो ।

उहाँले भन्नुभयो, “पार्टीभित्रको समस्या समाधान गरिनुपर्छ भनेर म कर्णालीमा आएको हुँ ।” पार्टीभित्र गुटबन्दीको व्यवस्थापन विचारका आधारमा समाधान गर्नुपर्ने उहाँको धारणा थियो । निधिले अहिले राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदहरुको कारण राष्ट्रिय राजनीतिमा समस्या आइरहेको बताउनुभयो । यसअघि चुनावमा माओवादीसँग गठबन्धन गरे पनि त्यो टिक्न नसकेको उहाँको भनाइ थियो ।

पहिलो चरणमा प्रचण्ड, त्यसपछि माधव नेपाल र अन्तिममा शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति भए पनि प्रधानमन्त्री दाहाल त्यसमा टिक्न नसक्दा गठबन्धन टुटेको उहाँको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर