गोविन्दको ‘तँई का ठमक’मा प्रियंका र बेनिषाको हट अवतार — OSNepal

गोविन्दको ‘तँई का ठमक’मा प्रियंका र बेनिषाको हट अवतार

admin June 08, 2024 0

काठमाडौंँ । अभिनेत्री प्रियंका कार्की र बेनिषा हमाल अभिनित नयाँ म्युजिक भिडियो ‘तँई का ठमक’ सार्वजनिक भएको छ । पश्चिमेली शैलीको गीतको भिडियोमा प्रियंका र बेनिषालाई अभिनयमा पुरुष मोडलको रुपमा गोविन्द भट्ट र बाबुल गिरीले साथ दिएका छन् । भिडियोमा प्रियंका र बेनिषाको हट अवतार देख्न सकिन्छ ।

गोविन्द भट्ट यस गीतका गीतकार हुन् र भने बाबुल गिरी संगीतकार । भिडियोमा प्रियंकार बेनिषासँग दुबैको जोडी सुहाएको देख सकिन्छ । गीतमा संगीतकार गिरी र इब्सल सन्ज्यालको स्वर छ । गीतको एरेन्ज धनबहादुर गिरीले गरेका हुन् । गरिमा फिल्मस्ले निर्माण गरेको भिडियो माइकल चन्दले निर्देशन गरेका हुन् ।
उत्सव दाहालको छायांकन रहेको भिडियोमा शिलन लम्सालको सम्पादन छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर