सुनिल शेट्टीकी छोरी अथियाको ब्वाइ फ्रेण्ड संग यस्तो मस्ति , अनुष्का शर्माले शेयर गरिन् मस्ति गरेको फोटोहरु — OSNepal

सुनिल शेट्टीकी छोरी अथियाको ब्वाइ फ्रेण्ड संग यस्तो मस्ति , अनुष्का शर्माले शेयर गरिन् मस्ति गरेको फोटोहरु

LC (KTM) July 31, 2021 0

पछिल्लो समय सुनिल शेट्टीकी छोरी अथिया शेट्टी आफ्नो ब्वाइ फ्रेण्ड संग मस्त रहेको फोटो सामाजिक सञ्जालमा एक पछि अर्काे गरेर आईरहेका छन् । अथिया र क्रिकेटर केएल राहुल फिल्म उद्योग तथा क्रिकेटको दुनियाका लागि बिल्कुलै एक नयाँ जोडी हो ।

यो जोडी अहिले फ्यानहरुका लागि एकदमै मनपर्ने बनेको छ । दुबैजनालाई लिएर अहिले एक अर्कामा डेट गरिरहेको हल्ला चलिरहेको छ । तर उनीहरु दुबै जनाले आफुहरु एक अर्काको मिल्ने साथी रहेको बताउँदै आएका छन् । तर युके बाट आईहेको अथिया तथा केएल राहुलको तस्बिरहरुले भने अर्कै कुरा बताईरहेको अनुमान लगाउन सकिन्छ ।

अथिया र केएल राहुलको साथमा अभिनेत्री अनुष्का शर्मा तथा भारतीय क्रिकेट टिमका कप्तान बिराट कोहली पनि युके मै रहेका छन् । यसैक्रममा अनुष्काले आफ्नो इन्ष्टाग्राममा एक ग्रुप फोटो पनि शेयर गरेकी छिन् ।

यस फोटोमा केएल राहुल तथा अथिया एकदमै रोमान्टिक अन्दाजमा पोज दिईरहेको देख्न सकिन्छ । यस फोटोको चर्चा हरेक ठाउँमा भईरहेको छ । केएल र अथियाको मस्तीवाला फोटोहरुले अहिले इन्टरनेट खुब गर्माएको छ । यो जोडी एकदमै भाइरल भइरहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर