जनताको भावना बुझेर काम गर्न कार्यकर्तालाई सहमहामन्त्री परियारको निर्देशन — OSNepal

जनताको भावना बुझेर काम गर्न कार्यकर्तालाई सहमहामन्त्री परियारको निर्देशन

LC (KTM) June 09, 2024 0

सुन्दरबजार -लमजुङ-नेपाली कांग्रेसका सहमहामन्त्री जीवन परियारले कांग्रेस मात्रै सबैको साझा पार्टी भएको बताउनुभएको छ । सनिबार लमजुङका कार्यकर्तालाई प्रशिक्षण दिने क्रममा परियारले कांग्रेस विरासत बोकेको पार्टी भएको उल्लेख गर्दै कार्यकर्तालाई जनताको भावना बुझेर काम गर्न निर्देशन समेत दिनुभयो ।

उहाँले नेपाली कांग्रेसको वर्तमान अवस्था र भावी रणनीतिक कार्यदिशा विषयमा प्रशिक्षण दिनुभएको थियो । उहाँले महिला, दलित, अल्पसङ्ख्यक र पिछडिएका वर्गलाई कांग्रेसले २००६ सालदेखि नै पार्टीका विभिन्न समितिमा प्रतिनिधित्व गराउँदै आएको उल्लेख गर्दै कांग्रेस सबैको साझा पार्टी भएको बताउनुभयो । उहाँले कार्यकर्ताहरु नियमित रुपमा जिल्ला, नगर र वडा समितिको बैठक बसी गतिविधिको समीक्षा गर्न सुझाव दिनुभयो ।

नेपाली कांग्रेस सुन्दरबजार नगरपालिकाको आयोजनामा भएको प्रशिक्षणमा जिल्ला कार्यसमिति प्रशिक्षण शाखाको प्राविधिक सहयोग रहेको थियो । सो अवसरमा सहमहामन्त्री परियारसँगै गण्डकी प्रदेश सहमहामन्त्री विष्णुप्रसाद लामिछाने, जिल्ला उपसभापति तथा प्रशिक्षण शाखा प्रमुख आनन्द घिमिरे र कार्यकर्ताको सहभागिता थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर