बिग बोसमा सिद्धार्थ हरेक साल किन आउँछन् ? जवाफ दिएर भईन् जस्मिन भसीन ट्रोलको शिकार, दिइन् यस्तो सफाई — OSNepal

बिग बोसमा सिद्धार्थ हरेक साल किन आउँछन् ? जवाफ दिएर भईन् जस्मिन भसीन ट्रोलको शिकार, दिइन् यस्तो सफाई

LC (KTM) July 31, 2021 0

शुक्रबार सामाजिक सञ्जालमा एक भिडियो आयो । जसमा राहुल बैद्य–दिशा परमार तथा अली गोनी–जस्मिन मसीन साथमा बसेर लन्च डेट इन्जोय गरिरहेका थिए । लजीज खानुको मज्जा लिदै चारै जना बीच एकदमै रमाईलो गफ चलिरहेको थियो ।

उनीहरु बिग बोस, सिद्धार्थ शुक्लाको बारेमा गफ गरिरहेका थिए । यसै क्रममा दिशा परमार राहुल बैद्य संग सोध्छिन्– के सिद्धार्थ शुक्ला हरे सिजनमा आउँछन ? यस जिज्ञासाको उत्तरमा जस्मिनले जे कुरा बोलिन् त्यो अहिले ट्रेण्डमा रहेको छ ।

के हो जस्मिनको भाइरल भिडियोको वास्तविकता ?

भाइरल भिडियोमा दिशाको प्रश्न सुनेर उत्तेजित भएर हाँस्दै जस्मिनले जवाफ दिन्छिन्– जब सम्म मनीषा रहन्छिन् । मनीषा शो को क्रिएटिभ चीफ हुन् । सीजन १३ का बेला एकदमै धेरै कुरा उठेको थियो कि मनीषाको सर्पाेटकै कारण सिद्धार्थ शुक्ला लामो समय सम्म रहन सफल भए ।

त्यतिबेला मनीषालाई सिद्धार्थको ग्रलफ्रेण्ड समेत भनेका थिए । आसिम तथा रश्मिको फ्यानहरुले मनीषा र सिद्धार्थलाई खुब ट्रोल गरेका थिए । जस्मिनको यो भिडियो सिद्धार्थका फ्यानहरुलाई मन परेन । उनीहरुले जस्मिनलाई ट्रोल गर्न सुरु गरेका छन् । यस बिषयमा जस्मिनले ट्वीटर मार्फत सफाई दिएकी छिन् ।

उनले लेखेकी छिन्– लोल, यसलाई पुरै गलत संझिएछन् । हामी सिद्धार्थ तथा अरु कसैको बारेमा गफ गरिरहेका थिएनौ । यो लामो तथा मज्जाकको कुराकानी मात्र थियो । साथीहरु कुल डाउन हुनुस् । सिद्धार्थ शुक्ला साथी हो तथा प्यारो को–स्टार पनि । जस्मिन तथा सिद्धार्थ एकदमै मिल्ने साथी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर