तेक्वान्दो खेल्न टोक्यो ओलम्पिकमा एक्कासी देखा परिन् हलिउड गायिका लेडी गागा , सबै परे छक्क — OSNepal

तेक्वान्दो खेल्न टोक्यो ओलम्पिकमा एक्कासी देखा परिन् हलिउड गायिका लेडी गागा , सबै परे छक्क

LC (KTM) July 31, 2021 0

संसारमा आफु जस्तै अनुहार मिल्ने अरु पनि धेरै हुन्छन् । यो कुरा कत्तिको सत्य हो त्यो त थाहा छैन तर यसको उदाहरण हालै जापानको टोक्योमा भईरहेको ओलम्पिकमा देखिएको छ । टोक्यो ओलम्पिकमा तेक्वान्दोको खेल चलिरहेको थियो ।

त्यतिबेला म्याचको दौरानमा हलिउड सिंगर लेडी गागा देखा परिन् । वास्तवमा उनी रियलकी लेडी गागा थिईनन् । उनी जस्तै अनुहार मिल्ने खेलाडी थिईन् । सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले उनलाई लेडी गागाको फोटोकपी भएको बताएका छन् ।

सामाजिक सञ्जाल प्रयोगकर्ताहरुले आश्चर्य मान्दै जोर्डनकी खेलाडी जुलियानाको तस्बिर पोष्ट गरिरहेका छन् । उनको फोटो पोष्ट गर्दै लेडी गागाको फोटोकपी भनिरहेका छन् । एक फ्यानले ट्वीटरमा लेखेका छन्– लेडी गागा ओलम्पिकमा किन ? यस पोष्टलाई हजारौ ब्यक्तिले लाइक गरेका छन् ।

अर्का एक युजरले जुलियानाको फोटो शेयर गर्दै लेखेका छन्– ओलम्पिक्समा कैयौ ब्यक्ति हुन्छन् , त्यसमध्ये लेडी गागा एक हुन् जो तेक्वान्दोमा मेडलका लागि प्रतिष्पर्धा गरिरहेकी छिन् । वास्तवमा लेडी गागा ओलम्पिकमा नभएर एकेडेमी अवार्ड, बाफ्टा तथा गोल्डेन ग्लोब अवार्डमा जीत दर्ता गराउने पहिलो महिला भने पक्कै पनि हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर