मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै — OSNepal

मुख्यमन्त्री पाण्डे एमालेसँग विश्वासको मत माग्दै

LC (KTM) June 09, 2024 0

गण्डकी, २७ जेठ : गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गण्डकी प्रदेशसभामा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)सँग विश्वासको मत दिन आग्रह गर्नुभएको छ । सोमबार बस्ने प्रदेशसभाको बैठकमा विश्वासको मत लिन लाग्नुुभएका उहाँले आज पत्र लेखेर उक्त आग्रह गर्नुुभएको हो ।

नेपालको संविधान र प्रदेशसभा नियमावली २०८० ले व्यवस्था गरेबमोजिम आफूले २०८१ जेठ २८ गते दिनको ३ बजे बस्ने प्रदेशसभा बैठकमा विश्वासको मतका लागि प्रस्ताव पेस गर्न लागेको मुख्यमन्त्री पाण्डेको पत्रमा उल्लेख छ । “स्थायित्व र जनआकाङ्क्षाअनुरुप प्रदेशको समग्र विकास तथा उन्नति हामी राजनीतिक दलबीचको सहकार्य र समन्वयबाट मात्रै सम्भव छ”, उहाँले भन्नुुभएको छ ।

राजनीतिक दलबीचको सहकार्यबाट स्थिर सरकार निर्माण गरी प्रदेशलाई दिगो विकासको दिशामा अगाडि बढाउन आफुले प्रस्ताव गरेको विश्वासको मतको प्रस्तावका पक्षमा गण्डकी प्रदेशसभामा रहनुभएका एमालेका प्रदेशसभा सदस्यले मतदान गरी सहयोग गरिदिन मुख्यमन्त्री पाण्डेले पत्रमा उल्लेख गर्नुभएको छ । उक्त पत्र प्रदेशसभामा कांग्रेसका प्रमुख सचेतक नन्दप्रसाद न्यौपानेले एमालेका मुख्य सचेतक गोविन्द नेपालीलाई हस्तान्तरण गर्नुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर