सोनू सूद जब ५ हजार बोकेर मुम्बइ पसेका थिए .......... — OSNepal

सोनू सूद जब ५ हजार बोकेर मुम्बइ पसेका थिए ……….

LC (KTM) July 31, 2021 0

३० जुलाई १९७३ मा सोनू सूदको जन्म पञ्जाबको मोगा गाउँमा भएको थियो । शूरुवाती पढाई पछि इन्जिनियरिंगको लागि उनी नागपुर पुगेका थिए । त्यहाँ पुगेपछि उनको मन अभिनय तिर लाग्यो । सोनुले मात्रै ५ हजार रुपैया लिएर मुम्बई पुगेका थिए ।

उनको करियरको सुरुवात तमिल फिल्म कल्लाझागर बाट भएको थियो । उनले बलिउडमा भने शहीद ए आजम बाट प्रबेश पाएका थिए । सोनूले यस फिल्ममा शदीद भगत सिंहको भुमीका निर्बाह गरेका थिए ।

फिल्ममा सोनू धेरै प्रकारको रोलमा देखिएका थिए । उनले कहिले हसाँउने, कहिले मुख्य अभिनेता त कहिले भिलेनको रुपमा आफुलाई उभ्याउन सफल भए । तर उनको भिलेनको रोल धेरैले रुचाए । दबंग, सिम्बा जस्ता फिल्ममा सोनूले भिलेनको रोल प्ले गरेका थिए जस्लाई दर्शकले खुब रुचाएका थिए ।

तर यी पर्दाका भिलेन असल जिन्दगीको रियल हिरोको रुपमा अहिले देखिएका छन् । यो कोरोना महामारीको बेला उनी हरेक निमुखा र असहायको सहारा बनेर निस्किएका छन् । उनलाई अहिले सबै भारतीय जनताले भगवान मानेर पुजी रहेका छन् । उनको हिजो जन्म दिन भए पनि उनले आमाको निधन पछि आफ्नो जन्म दिन मनाउन छोडेका छन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर