चाबहिलको ओमकार डेन्टल होम प्रालिका चार जना चिकित्सक पक्राउ — OSNepal

चाबहिलको ओमकार डेन्टल होम प्रालिका चार जना चिकित्सक पक्राउ

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । काउन्सिलको विना स्विकृत सञ्चालमा आएको चाबहिलको ओमकार डेन्टल होम प्रालिका चार जना चिकित्सकलाई प्रहरीले हिजो साँझ पक्राउ गरेको छ ।

मेडिकल काउन्सिलको उजुरी पछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९(सिआइबी)ले चाबहिलबाट पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा चाबहिलको ओमकार डेन्टल होम प्रालिका सञ्चालक ४६ वर्षीय राधाकृष्ण तामाङ, सञ्चालक तथा चिकित्सक ४० वर्षीय डा रावेद रन्जनकुमार ठाकुर, ३१ वर्षीय डा सौरभ कुमार र कर्मचारी २७ वर्षीय सन्जु साह रहेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरु माथि थप अनुशन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर