प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एक जना पक्राउ — OSNepal

प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा एक जना पक्राउ

LC (KTM) August 01, 2021 0

डोटी १७ साउन । जनपदतर्फ प्रहरी जवानको लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको अभियोगमा कृष्णपुर नगरपालिका-४ बस्ने २३ वर्षीय नरेन्द्र बहादुर धामीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

सुदूरपश्चिम प्रहरी तालिम केन्द्र दिपायलमा प्रहरी जवान पदको अन्तर्वाता परीक्षामा सहभागी भएको समयमा भर्ना छनोट समितिबाट सोधपुछ गर्दा धामीले लिखित परीक्षामा नक्कली परीक्षार्थी खडा गरी परीक्षा दिन लगाएको खुलेपश्चात उनलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारवाहीका जिल्ला प्रहरी कार्यालय डोटी पठाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर