फर्किने भो, नेकपा एमाले २०७५ जेठ २ गते, बन्यो दश जनाको कार्यदल — OSNepal

फर्किने भो, नेकपा एमाले २०७५ जेठ २ गते, बन्यो दश जनाको कार्यदल

LC (KTM) May 16, 2021 0

काठमाडौँ २ जेठ । नेकपा एमालेका अध्यक्ष तथा अर्का वरिष्ठ नेता माधव नेपालबिच भएको भेटवार्ताले कार्यदलका दुवै पक्षको तर्फबाट ५- ५ जना नेता छनोट गर्ने निणर्य गरेको छ ।

प्रधानमनत्री समेत रहेका ओलीको तर्फबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहेका छन् । भने यता नेपाल पक्षको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त रहेका छन् । पार्टीलाई २०७५ जेठ २ गतेको अवस्थामा लान सहमत भएका ओलीले यस विषयमा छलफल गरी निष्कर्षमा पुग्न आज दुवै पक्षको तर्फबाट कार्यदल सदस्य छनोट गरिएको हो ।

कार्यदल सदस्यहरुले तिन दिनको समय सिमामा आफ्नो प्रतिवेदन बुझाउनु पर्नेछ । ‘जेठ २ भन्दा पहिलोको अवस्थामा फर्किने गरी अरु सबै कुरा टुंगो लगाउनका लागि वार्ता टोली बनाइएको छ । मैले तीन दिन भनेको छु, अलि समय बढाउँ भन्ने भएको छ । नेता नेपाले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर