नदीमा मान्छे तुइन तरिरहेको देख्दा देख्दै तुईन काट्नु भारतीय पक्षको अत्यन्तै अमानविय तथा भत्र्सनापूर्ण कार्य हो : राष्ट्रिय जनमोर्चा — OSNepal

नदीमा मान्छे तुइन तरिरहेको देख्दा देख्दै तुईन काट्नु भारतीय पक्षको अत्यन्तै अमानविय तथा भत्र्सनापूर्ण कार्य हो : राष्ट्रिय जनमोर्चा

LC (KTM) August 01, 2021 0

काठमाडौँ १७ साउन । दार्चुचा जिल्लामा भएको घटनाको छानविन गरी दोषीलाई कारबाही गर्न राष्ट्रिय जनमोर्चाले सरकारसँग माग गरेको छ । आज आइतबार एक विज्ञप्ती जारी गर्दै नदीमा मान्छे तुइन तरिरहेको देख्दा देख्दै तुईन काट्नु भारतीय पक्षको अत्यन्तै अमानविय तथा भत्र्सनापूर्ण कार्य भएको निष्कर्ष निकालेको छ ।

शुक्रबार जिल्लाको ब्यास गाउँपालिका वडा नम्बर २ निवासी जयसिंह धामी महाकाली नदीमा तुईन तर्दै गर्दा भारतको सीमा सुरक्षाबल एस।एस।बी।ले तुईन काटिदिएपछि महाकाली नदीमा विलिन भएका धामीको न्याय लागि अहिले चोतर्फीरुपमा सरकारलाई दवाव आइरहेको छ ।

दोषीलाई कडा भन्दा कडा कारवाही र पिडितलाई क्षतिपुर्तिको माग गर्दै राष्ट्रिय जनमोर्चाले जारी गरेको विज्ञप्तीमा भनिएको छ , ‘नेपाल तथा भारत तर्फका नागरिकहरुले यो क्षेत्रमा वर्षायाम यही प्रकारले नियमित तथा जोखिमपूर्णरुपमा आवागमन गर्दै आएका हुनाले यस प्रकारको आवागन कुनै नौलो र अपराधजन्य पनि होइन । नदीमा मान्छे तुइन तरिरहेको देख्दा देख्दै तुईन काट्नु भारतीय पक्षको अत्यन्तै अमानविय तथा भत्र्सनापूर्ण कार्य हो ।

भारतको यस्तो अमानविय कार्यको हाम्रो दलले घोर विरोध तथा भत्र्सना गर्दछ । नेपाल भारत सीमा क्षेत्रमा भारतले लगातार नेपालमाथि हेपाहा प्रवृत्ति तथा थिचोमिचोपूर्ण व्यवहार गर्दै आएको छ । सीमा क्षेत्रका नेपाली जनतालाई भारतीय पक्षले अनावश्यक हैरान पार्ने कुटपीट गर्ने, यहाँसम्मकी हत्यासम्म गर्ने गरेका छन् । गत साल कञ्चनपुरका गोविन्द गौतमको भारतीय पक्षबाट भएको हत्या उदाहरण हो । यस्ता अपराधजन्य कार्यमा स्वयं भारत सरकारको सुरक्षाफौज नै सङ्लग्न हुने गरेको छ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर