टिकटक बनाउने क्रममा भिरबाट लडेर १८ वर्षीय सुभासको गयो ज्यान — OSNepal

टिकटक बनाउने क्रममा भिरबाट लडेर १८ वर्षीय सुभासको गयो ज्यान

LC (KTM) May 08, 2021 0

उदयपुर,-कटारी नगरपालिका-११ हर्देनी भिरमा टिकटक बनाउने क्रममा लडेर सुनसरी धरान उपमहानगरपालिका(५ बस्ने १८ वर्षीय सुभास परियारको शुक्रबार बिहान मृत्यु भएको छ । लडेर गम्भीर घाइते भएका उनको उपचारका लागि कटारी अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।
धरानबाट ओखलढुङ्गातर्फ जादै गरेको ना।१ ज ३३७० नम्बरको सुमो बाटोमा बिग्रिएपछि सुमोमा सवार सुभासले उक्त भिरमा टिकटक बनाउने क्रममा लडेको बताइएको छ ।यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

यो पनि पढ्नुहोस- कामिरिता सगरमाथाको नयाँ उचाई पछि आरोहण गर्ने पहिलो ब्यक्ति बन्न सफल :नेपालको लागि अर्काे गौरव लाग्ने कुरा आएको छ । सगरमाथाको नयाँ उचाई कायम भएपछि पहिलो पटक सगरमाथा चढ्ने रेकर्ड नेपालीले नै बनाउन सफल भएका छन् ।

सगरमाथाको नयाँ उचाइ ८ हजार ८ सय ४८ मिटर ८६ सेन्टिमिटर कायम भएपछि सगरमाथा आरोहण गर्ने उनी पहिलो आरोही पनि बन्न सफल भएका हुन् । उनी हुन् कामिरिता शेर्पा ।

यो मात्र रेकर्ड राखेनन् कि कीर्तिमानी आरोही कामिरिताले २५ औँ पटक सगरमाथा समेत आरोहणको किर्तिमानी बनाएका छन् । आज बेलुकी ६ बजे कामिरिताले सगरमाथाको टुप्पोमा पाइला टेकेको पथ प्रदर्शक कम्पनी सेभेन समिट ट्रेकिङ कम्पनीले जानकारी दिएको छ । उनीसंगै अन्य १२ जना शेर्पा पनि सगरमाथामा पुगेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर