अभिनेता मनोज बाजपेयी तथा कमेडियन सुनील पल बीच झगडा, यसरी पोख्दैछन् एक अर्का प्रति रिस — OSNepal

अभिनेता मनोज बाजपेयी तथा कमेडियन सुनील पल बीच झगडा, यसरी पोख्दैछन् एक अर्का प्रति रिस

LC (KTM) August 01, 2021 0

केही दिन पहिले कमेडियन सुनील पलले एक्टर मनोज बाजपेयीलाई लिएर एकदमै भद्दा कमेन्ट गरेका थिए । उनले मनोजलाई गिरेको ब्यक्ति समेत भनेका थिए । यहा सम्म कि मनोजको हालै रिलीज भएको वेब सीरीज द फेमिली मेन २ को तुलना पोर्न संग तुलना गरेका थिए ।

अब सुनील पललाई मनोज बाजपेयीले मुखभरीको जवाफ फर्काएका छन् । सुनील पलले मनोज बाजपेयीलाई राज कुन्द्राको पोर्नाेग्राफी केस चलिरहेको बेला यस्तो कमेन्ट गरेका हुन् । उनका अनुसार फिल्म उद्योगमा अब केवल यहि मात्र भईरहेको छ ।

एक ठुलो कलाकारको भएको नाताले मनोज बाजपेयीले पनि यसै प्रकारको शोज गरिरहेका छन् जस्मा अश्ललि चीजहरुलाई देखाईरहेको छ । सुनील पलले गरेको यस्ता कमेन्टहरुलाई मनोज बाजपेयीले घुमाउरो शैलीमा जवाफ दिएका छन् । उनले भनेका छन्– म बुझ्न सक्छु कि कसैको साथमा अहिले काम छ्रैन ।

म यस कुरालाई मज्जाले बुझ्न सक्छु । म आफै पनि यो स्थितीमा आएको थिए तर यस स्थितीमा आईसके पछि कसैलाई मेडिटेशनको गर्न आवश्यक छ । यसअघि भारतीय एक संचारमाध्यममा कुरा गर्दे सुनील पलले भनेका थिए– जे भयो , त्यो त हुनु नै थियो । राज कुन्द्राको गिरफ्तारी हुनु थियो भएरै छोड्यो ।

म यसका लागि भनिरहेको छु कि किनकी ठुला ब्यक्ति यस कुराको फाईदा उठाउँछन् । डिजिटल प्लाटफर्ममा कुनै प्रकारको सेन्सरसिप लगाएको छैन । यस कारण हरेक प्रकारका शो हरु बनिरहेका छन् । खराब भाषाको प्रयोग भईरहेको छ , जे मन लाग्यो देखाईरहेको छ । कलाकार जति नै ठुलो किन नहोस् मनोज बाजपेयी जस्तो गिरेको र खराब ब्यक्ति मैले आज सम्म देखेको छैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर