भ्वाइसबाट बाहिरिएकी भारी बोक्ने र लेभर काम गर्ने एलिनाले गरिन् गीत रकेर्ड, छिन् खुशीले फुरुगं — OSNepal

भ्वाइसबाट बाहिरिएकी भारी बोक्ने र लेभर काम गर्ने एलिनाले गरिन् गीत रकेर्ड, छिन् खुशीले फुरुगं

LC (KTM) August 02, 2021 0

फोटो फिरिममा जस्तो हिट गीत दिएका शिशिर भण्डारीले नयाँ गीत भैगो माया लाउँदिन लिएर आउने भएका छन् । गीतको उनको स्वास्थ्य अवस्था अनुकुल नरहँदा रहँदै पनि रेकर्ड गरिएको छ । गीतमा उनले नयाँ प्रतिभालाई नै मौका दिएका छन् ।

उनको यस गीतलाई भ्वाईस अफ नेपालको व्याटल राउण्डबाट बाहिरिएकी निकै नै सँघर्षशिल चेली एलिना उदासले गाएकी छिन् । एलिना भ्वाईसमा जानु पुर्व सँगीत अभ्यास गर्दै घर बनाउने ठाउँमा गट्टी, बालुवा बोक्ने लगायतका कामहरु गर्थिन् । भने अहिले उनी एक चौरुमा चटपटे बेच्छिन् । शिशिरले एलिनाको प्रतिभा र दुख दिएर उनलाई मौका दिए ।

शिशिर भण्डारीले लेखेका छन्, स्वास्थयमा बिस्तारै सुधार आउँदैछ । यसैबिच सुमधुर आवाजकी धनी, सँघर्षशिल बहिनी एलिना उदासको गीत ‘भैगो माया लाउँदिन’ रेकर्ड गरेका छौं ।

बहिनीले गीतलाई साह्रै मिठो ढँगले गाएकी छिन् । गीत गाएपछि कुरा गरिरहँदा उनी रोईन्, ठुलो गायिका बन्ने सपना बोकेर घर बनाउने ठाउँमा गिट्टी बालुवा बोक्नेदेखि अहिले चटपटे सेकुवा बेच्ने काम गरिरहेकी बहिनी एलिनाको लागि यो सानो सहयोग गर्न पाईरहँदा बेग्लै खुशी मिलेको छ ।

बहिनीको गीतको भिडियो चाँडै नै तपाई माँझ ल्याउनेछौं, प्रतिक्षा गर्नुस है । गीतको भिडियो बनाउन केहि मनकारी सहयोगी साथीहरुले सहयोग पनि गर्नु भएको छ । उहाँहरुलाई बिशेष धन्यवाद । यसरी भयो गीतको रेकर्ड, भिडियो हेर्नुस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर