सलमान खानको टाइगर ३ मा अभिनेत्री कैट्रीना कैफ अहिले सम्मकै फरक भुमिकामा देखिदै — OSNepal

सलमान खानको टाइगर ३ मा अभिनेत्री कैट्रीना कैफ अहिले सम्मकै फरक भुमिकामा देखिदै

LC (KTM) August 02, 2021 0

बलिउडका सुपर स्टार सलमान खानको टाइगर ३ सबैको प्रतिक्षाको फिल्म रहेको छ । उनको एक्सनप्रद्ध फिल्म हेर्न दर्शकहरु एकदमै लालायित समेत देखिएका छन् । पछिल्लो पटक आएको राधे फिल्मले सोचे जस्तो सन्तुष्टि दर्शक लाई दिन सकेको थिएन ।

अब त्यहि असन्तुष्टिलाई पुरा गर्न सलमान यतिबेला लागि परेका छन् । सलमान संग लामो समय सम्म डेटमा रहेकी बलिउडकी जल्दी बल्दी नायिका कैट्रीना कैफले उनलाई यस फिल्ममा साथ दिदै छिन् । यी दुबै जोडी दर्शकले एकदमै रुचाएको जोडी हो ।

उनै नायिका कैट्रीना कैफले टाइगर ३’ मा आफ्नो करियरकै सबैभन्दा लामो एक्सन सिन पनि दिने भएकी छन्। यसअघिका सिरिज ‘एक था टाइगर’ र ‘टाइगर जिन्दा है’ मा पनि उनले केही एक्सन सिन राम्रो संग गरिसकेकी छिन् ।

टाइगर ३ मा भने कैट्रीना कैफका लागि अलिक पृथक रहेको छ । उनलाई यस फिल्ममा एकदमै नयाँ र फरक एक्सनका साथ दर्शकले देख्न पाउने भएका छन् । यस फिल्मको मुख्य पात्र भने सलमान खान नै रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर