म्यानमारका यि सैन्य नेताले गरे आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा — OSNepal

म्यानमारका यि सैन्य नेताले गरे आफूले आफैँलाई प्रधानमन्त्री भएको घोषणा

LC (KTM) August 02, 2021 0

काठमाण्डौ-म्यानमारका सैन्य नेता मिन अंग हलाङ्गले आफूलाई प्रधानमन्त्री घोषणा गरेका छन् । हलाङ्गले एक टेलिभिजनमार्फत सम्बोधन गर्दै आफूलाई प्रधानमन्त्री घोषणा गरेका हुन् । दुई वर्षपछि अर्थात सन् २०२३ सम्म चुनाव गराउने पनि बताएका छन् ।

स्वतन्त्र र निष्पक्ष बहुदलीय चुनाव गराउन देशमा स्थिरता कायम गर्नु पर्ने उनले बताएका छन् । गएको फेब्रुअरीमा प्रजातन्त्रवादी नेतृ आङ सान सुकीसहितका नेताहरुलाई हिरासतमा लिँदै सेनाले शासन सत्ता हातमा लिएको थियो ।

यसको विरोधमा म्यानमारमा अहिले पनि विरोध प्रदर्शन भइरहेको छ । विरोधकैबीच उनले आफूलाई प्रधानमन्त्री घोषणा गरेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर