अब सबै खालका क्यान्सरको औषधि नेपालमै उत्पादन हुने,५० प्रतिशत छुटमा बिरामीले औषधि लिनसक्ने — OSNepal

अब सबै खालका क्यान्सरको औषधि नेपालमै उत्पादन हुने,५० प्रतिशत छुटमा बिरामीले औषधि लिनसक्ने

LC (KTM) August 02, 2021 0

काठमाडौँ स् अब जुनसुकै क्यान्सर रोगका लागि नेपालमा औषधि उत्पादन सुरु भएको छ । नेपालमै पहिलो पटक हरेक क्यान्सर रोगका औषधि नेपालमै उत्पादन सुरु भएको हो । नेपालमै क्यान्सर उत्पादन भएपछि ३० देखि ५० प्रतिशत छुटमा नेपाली बिरामीले औषधि लिनसक्ने दाबी गरिएको छ ।

नेपालमा क्यान्सरको औषधि उत्पादन सुरु हुनु नेपालकै लागि गौरवको विषय भएको सम्बन्धित विज्ञले बताएका छन् । वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। विष्णु पौडेलले नेपालमै क्यान्सर रोगको औषधि उत्पादन हुनु ठूलो विषय रहेको बताउनुभयो । उहाँले नेपालमै औषधि उत्पादन हुँदा बिरामीले सस्तो औषधि पाउन सक्ने भएकाले यसले नेपालीलाई फाइदा गर्ने बताउनुभयो ।

वरिष्ठ क्यान्सर रोग विशेषज्ञ डा। सुदीप श्रेष्ठले नेपालीका लागि क्यान्सरको औषधि नेपालमै उत्पादन हुँदा धेरै सहज हुने बताउनुभयो । उहाँले अब क्यान्सरका हरेक औषधि सस्तोमा उपलब्ध हुने जानकारी दिनुभयो ।यो समाचार गोरखापत्र दैनिकमा छापिएको छ ।

औषधि व्यवस्था विभागका प्रवक्ता सन्तोष केसीले पनि नेपालमा क्यान्सर रोगविरुद्धको औषधि उत्पादन नेपालमा नै सुरु भएको बताउनुभयो । यसले नेपालमा क्यान्सर रोगीका लागि धेरै फाइदा हुने बताउनुभयो ।

‘एन्टी क्यान्सर’ औषधि टिजिग फर्माले उत्पादन सुरु गरेको हो । फर्माका कार्यकारी निर्देशक शैलेश वैद्यले फर्मामा क्यान्सरसम्बन्धी मात्रै औषधि उत्पादन हुने जानकारी दिनुभयो ।,

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर