काठमाडौँ १८ साउन । सत्ता गठवन्धन सरकारको कार्यदलको बैठक अहिले बालुवाटारमा जारी भइरहेको छ ।
सरकारका न्यूनतम साझा कार्यक्रम, सरकार संचालन कार्यविधि र आचारसंहिता बनाउने गरी कार्यदलको बैठक बसेको हो ।
कांग्रेस महामन्त्री पूर्णबहादुर खड्काको संयोजकत्वमा गठित कार्यदललको बैठकमा संयोजक खड्कासहित कांग्रेसबाट डा.मिनेन्द्र रिजाल र रमेश लेखक, माओवादी केन्द्रबाट वर्षमान पुन र देव गुरुङ तथा जसपाबाट राजेन्द्र श्रेष्ठलगायत नेताहरुको सहभागिता रहेको छ ।
गत असार २९ गते प्रधानमन्त्री भएका शेरबहादुर देउवाले अझै मन्त्रिमण्डल विस्तार गर्न सकेका छैनन् । तसर्थ आज न्यूनतम साझा कार्यक्रम तयार गरेर जति सक्दो चाँडो मन्त्रिपरिषदलाई पूर्णता दिने सत्ता गठबन्धनको तयारी रहेको जनाइएको छ ।