अभिनेत्री निक्की तम्बोली प्रति कलर्स सधै उदार , बिग बोस देखी लिएर खतरो के खिलाडी सम्म पाईन् दोस्रो चान्स — OSNepal

अभिनेत्री निक्की तम्बोली प्रति कलर्स सधै उदार , बिग बोस देखी लिएर खतरो के खिलाडी सम्म पाईन् दोस्रो चान्स

LC (KTM) August 02, 2021 0

रातारात भाग्य कसैको चम्केको उदाहरण हेर्नु छ भने ति हुन् अभिनेत्री निक्की तम्बोली । निक्की तम्बोली लाई बिग बोस सिजन १४ को घरमै इण्ट्रि गरिएको थियो त्यतिबेला उनलाई कसैले चिन्दैन थियो । तर शो सकिने बेला सम्म बिग बोस १४ ले निक्कीको करियर र पपुलारिटीको उचाई आकाशमै पु¥याई दियो ।

उनको यो उचाई कसैले पनि कल्पना समेत गरेका थिएनन् । बिग बोसको घरमा एक नचिनिएको अनुहार भएर प्रबेश पाए पनि निक्की तम्बोली आफस भन्दा सिनियरको फेबरेट बनेर सेभ हुदै गएकी थिईन् । शो मा निक्की तम्बोलीको साथमा एकदमै चर्चित अनुहारहरु रहेका थिए । निक्की तम्बोली उनीहरु सबैका लागि भारी बन्दै गएकी थिईन् ।

बिग बोसको खेलमा अघि बढ्नका लागि निक्की तम्बोलीले आफ्नो ब्यक्तित्व नै बदलेकी थिईन् । निक्की ले कैयौ पटक शो को दौरानमा आफ्ना प्रतिष्पर्धीहरु लाई ब्यहोरा देखाएर सलमान खान बाट गाली समेत पाएकी थिईन् । शो मा सबैभन्दा खराब प्रतिष्पर्धीको उपाधी जित्दै उनी फाईनल सम्म पुगेकी थिईन् ।

यो त बिग बोसको कुरा भयो तर अब उनी कलर्सकै अर्काे रियालिटी शो खतरो के खिलाडीमा समेत भाग्यशाली बनेकी छिन् । एकपटक आउट भईसकेकी निक्की लाई फेरी देखेपछि सबैले कलर्सले उनी प्रति दया गरेको भन्दै प्रश्न उठाउन थालेका छन् । उनले यस शो मा बिग बोसमा जस्तै सबैलाई मात दिन्छिन् भन्ने थियो तर उनले दिएका कुनै पनि टास्क राम्रो संग पुरा गरेकी थिईनन् ।

खराब प्रर्दशनका बाबजुद पनि निक्कीलाई फेरी शो मा ल्याउने कुरा फ्यानहरुलाई पचेको छैन । अब कलर्स टेलिभिजन माथि नै फ्यानहरुले ट्रोल बनाउन सुरु गरेका छन् । बिग बोस १४ मा पनि उनले कम भोट पाएका कारण बाहिरीएकी थिईन् तर कलर्सले फेरी दोस्रो पटक चान्स दिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर