अनुष्का शर्माको फोटोमा बिराटले भने– फोटो कस्ले खिचि दिएको ? अनुष्का भन्छिन्– मेरो बिग फ्यानले — OSNepal

अनुष्का शर्माको फोटोमा बिराटले भने– फोटो कस्ले खिचि दिएको ? अनुष्का भन्छिन्– मेरो बिग फ्यानले

LC (KTM) August 02, 2021 0

बलिउड अभिनेत्री अनुष्का शर्मा तथा बिराट कोहली सबैभन्दा पपुलर तथा मन पराइने जोडीमा एक रहेका छन् । दुबै जना एक अर्कालाई एकदमै धेरै माया गर्छन् । यतिबेला यी दुई स्टार दम्पत्ति छोरी संग युके मा मस्ति गरिरहेका छन् । उनीहरु यो मस्ति लाई सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

उनीहरुले एक अर्का प्रतिको माया पनि खुलेर सामाजिक सञ्जाल मार्फत देखाईरहेका छन् । अनुष्काले हालै आफ्नो स्टनिंग तस्बीर इन्ष्टाग्राममा शेयर गरेकी छिन् । फोटोमा अनुष्का रोडमा हिडिरहेको देख्न सकिन्छ । उनको यो तस्बीरको चारै तिर हरियाली देखिएको छ ।

अनुष्काको फोटोग्राफर बने बिराट

नयाँ फोटोमा अभिनेत्री अनुष्का शर्मा क्यामरामा पोज दिदै हाँसिरहेको देख्न सकिन्छ । आफ्नो फोटो शेयर गर्दै अनुष्काले क्याप्शनमा ३ वटा पुतली पनि लगाएकी छिन् । बिराटले यो तस्बीरमा कमेन्ट समेत गरेका छन् । उनले केमन्ट गर्दै भनेका छन्– यो तस्बीर कसले लिएको ?

यस कमेन्टलाई रिएक्शन दिदै अनुष्काले बिराट कोहलीलाई ट्याग गर्दै लेखेकी छिन्– एउटा एकदमै राम्रो फ्यानले । यो तस्बीर बिराट आफैले लिएका थिए । बिराटले कैयौ अन्र्तबार्ताका दौरानमा आफु पहिला अनुष्का शर्माको एकदमै ठुलो फ्यान भएको बताउँदै आएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर