शिल्पाको साथ दिदै आईन् अर्की बलिउड नायिका ऋचा चड्डा — OSNepal

शिल्पाको साथ दिदै आईन् अर्की बलिउड नायिका ऋचा चड्डा

LC (KTM) August 02, 2021 0

बलिउड अभिनेत्री शिल्पा शेट्टी आजभोली आफ्नो जिन्दगीकै सबैभन्दा मुश्किल समय संग लडिरहेकी छिन् । शिल्पाका पति राज कुन्द्रा पोर्न फिल्म बनाएको आरोपमा प्रहरीको हिरासतमा रहेका छन् । पतिको गिरफ्तारी संगै शिल्पा पनि यस केसमा शंकाको घेरामा रहेकी छिन् ।

राज कुन्द्रा माथी यस्तो आरोप लागेपछि सामाजिक सञ्जालमा शिल्पा एकदमै ट्रोल भईरहेकी छिन् । शिल्पा प्रति खनिएको देखेर बलिउड अभिनेत्री ऋचा चड्डा उनको पक्षमा उभिएकी छिन् । त्यस्तै उनको पक्षमा फिल्म निर्माता हंसल मेहता पनि उभिएका छन् ।

उनले शिल्पालाई सर्पाेट गर्दै अरु संग भनेका छन् कि अभिनेत्रीलाई थोरै भए पनि स्पेस देउ, उनको गोपनियता भंग गर्ने कोशीस नगर । त्यस्तै सिंगो बलिउड चुप बसेका बेला अभिनेत्री ऋचा चड्डा पनि शिल्पाको समर्थनमा उभिएकी छिन् । हंसल मेहताको ट्वीट लाई रि ट्वीट गर्दै उनले शिल्पाको समर्थन जनाएकी छिन् ।

उनले शिल्पाको लागि भनेर खास म्यासेज समेत लेखेकी छिन् । ऋचा चड्डा लेख्छिन्– हामीले महिलाहरुको उनको जिन्दगीमा रहेका पुरुषहरुको गल्तीको लागि दोषी देख्ने एक राष्ट्रिय खेल नै बनाएका छौ । खुशी यो हो कि उनी मुद्धा लडिरहेकी छिन् ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर