आँखा झिम्काएर चर्चा कमाएकी तमिल नायिका प्रिया प्रकाशलाई निर्देशकले किस गर्न लगाए पछि लाजले भुतुक्कै भए यी नायक — OSNepal

आँखा झिम्काएर चर्चा कमाएकी तमिल नायिका प्रिया प्रकाशलाई निर्देशकले किस गर्न लगाए पछि लाजले भुतुक्कै भए यी नायक

LC (KTM) August 02, 2021 0

प्रिया प्रकाश वारियर जस्ले विंक गर्ल (आँखा झिम्काउन सिपालु ) को नामले समेत चिनिने गरिएको छ । एक समय इन्टरनेटमा यी नायिका एकदमै भाइरल भएकी थिईन् ।

२०१९ मा रिलजि भएको तमिल फिल्म ओरु अदार लवमा प्रियाद्धारा गरिएको विंक (आँखा झिम्काउन) एक्ट एकदमै फेमश भएको थियो । उनको यो आँखा झिम्काईको अभिनयमा थुप्रै मीम्स तथा रमाईलो भिडियोहरु बनेका छन् जुन आज पनि चर्चित रहेका छन् ।

प्रिया प्रकाशको एक तेलुगु फिल्म इशक ः नट अ लव स्टोरी जुन ३० जुलाईमा रिलीज भएको छ । यस फिल्ममा प्रिया संग तेजा सज्जा देखिएका छन् । फिल्मको रिलीज भए लगत्तै नायक तेजा सज्जाले एक छक्क पर्ने खुलासा गरेका छन् । तेजाले एक अन्र्तबार्तामा बताएका छन् कि उनको प्रिया प्रकाश संगको पहिलो भेट कस्तो भएको थियो ।

तेजाका अनुसार उनलाई पहिलो सीनमै प्रिया लाई किस गर्नूपर्ने रहेको थियो । तेजा भन्छन्– शुटको पहिलो दिन हामी कम्बीनसन पार्टको शुटिंग गरिरहेका थियौ । उनीहरुले मलाई प्रिया संग भेट गराए हाई हेल्लो भयो त्यसपछि फिल्ममेकर्सले किस गर्नका लागि भने ।

यस बिषयमा प्रियाले पनि बताएकी छिन् कि उनीहरु बिच एउटा ब्रीफ इन्ट्रो सेशन पछि शुटिंगको दिन जब आफुहरु बीच एकदमै रोमान्टिक सिन शुट गर्नुपर्ने थाहा भएको बताएकी छिन् । यस फिल्मलाई एसएस राजुले निर्देशन गरेका हुन् । यो फिल्ममा तेजा र प्रिया प्रकाशको केमेष्ट्रि देख्न लायकको रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर