संक्रमतिको आफन्तसँग अक्सिजन मागेको भन्दै स्वास्थ्य मन्त्रालयले अस्पताललाई गर्यो यस्तो आग्रह — OSNepal

संक्रमतिको आफन्तसँग अक्सिजन मागेको भन्दै स्वास्थ्य मन्त्रालयले अस्पताललाई गर्यो यस्तो आग्रह

LC (KTM) May 16, 2021 0

काठमाडौँ २ जेठ । कोरोना संक्रमतिको आफन्तसँग अक्सिजन नमाग्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अस्पताललाई आग्रह गरेको छ ।मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले अक्सिजन खोज्ने काम बिरामीका आफन्तको नभएकोले यस्तो विपतमा बिरामीको आफन्तलाई अर्को दुख नदिन आग्रह गरेका हुन् ।

अक्सिजनको काम अस्पतालको बताएका गौतमले बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न आग्रह गरेका छन् ।पछिल्लो समय काठमाडौं विभिन्न अस्पतालले अक्सिजन सकियो भन्दै बिरामी भर्ना नलिन तथा संक्रमितलाई अन्य अस्पताल आन भन्दै गरेको सुचना आएकाले डा गौतमले यसो भनेका हुन् ।

उनले भने, ‘सम्पूर्ण नर्स, चिकित्सक र स्वास्थ्यकर्मीलाई बिरामीका आफन्तलाई अक्सिजन खोजेर ल्याउनुस् भन्ने अनुरोध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अनुरोध गर्दछ ।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर