जेठ २० गतेसम्म परिक्षा सकाएर मसान्त सम्म परिक्षाफल प्रकाशित गर्न महानगरले दियो निर्देशन — OSNepal

जेठ २० गतेसम्म परिक्षा सकाएर मसान्त सम्म परिक्षाफल प्रकाशित गर्न महानगरले दियो निर्देशन

LC (KTM) May 16, 2021 0

काठमाडौं २ जेठ । काठमाडौं महानगरले जेठ २० गते भित्र परीक्षा सकाउन निर्देशन दिएको छ । आज आइतबार काठमाडौं महानगरपालिकाका शिक्षा अधिकारी रामप्रसाद सुवेदीले एक सुचना जारी गर्दै महानगरभित्रका विद्यालयहरुलाई परीक्षा सकाउन निर्देशन दिएको हो । जेठ २० गतेसम्म परिक्षा सम्पन्न गरी जेठ मसान्तसम्म परीक्षाफल प्रकाशन गर्ने र असार पहिलो साताबाट नयाँ शैक्षिक सत्र सुरु गर्न महानगरले निर्देशन दिएको छ ।

‘शैक्षिक सत्र २०७७ को वार्षिक मूल्यांकन पाठ्यक्रमले व्यवस्था गरे बमोजिम बिद्यालय अनुकुल उपयुक्त मुल्यांकन प्रक्रिया अपनाई जेठ २० गतेसम्म परिक्षा सम्पन्न गरी जेठको मसान्तसम्म नतिजा प्रकाशन र आषाढको पहिलो हप्ताबाट नयाँ शैक्षिक सत्र संचालन गर्ने व्यवस्था मिलाउन सम्बिन्धत सबैमा जानकारी गराइन्छ ।’महानगरले प्रकाशित गरेको सुचनामा उल्ल्ेख गरिएको छ ।
विभागले अनलाइन, अफलाइन, टेलिफोन, इमेलबाट विद्यार्थीलाई प्रश्नपत्र पठाएर परीक्षा लिन निर्देश्न दिएकोे छ ।

 

 

 

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर