संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँदैमा यो सरकारको दायित्व पुरा हुँदैन : झाँक्री — OSNepal

संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँदैमा यो सरकारको दायित्व पुरा हुँदैन : झाँक्री

LC (KTM) August 03, 2021 0

काठमाडौँ १९ साउन । नेकपा एमालेकी सांसद रामकुमारी झाँक्रीले अहिलेको सरकारले अघिल्लो सरकारले गरेको गलत कामलाई सुधार गर्नुपर्ने बातएकी छन् ।

आज मंगलबार प्रतिनिधिसभाको बैठकमा बोल्दै झाँक्रीले अघिल्लो सरकारले गरेको जनविरोधी कामलाई खारेज गर्न जिम्मा यो सरकारले लिनुपर्ने बताएकी हुन् ।

संविधानलाई ट्रयाकमा राख्ने र लोकतन्त्रलाई सही बाटोमा हिँडाउँने दायित्व मात्र बोकेर मात्र यो सरकारको दायित्व पुरा नहुने भन्दै उनले यस्तो बताएकी हुन् ।

आफैले गठवन्धन गरी बनाएको यो सरकारले ‘झापाको गिरिबन्धु टि स्टेटको हदबन्दी भन्दा बढी जग्ग बिक्री गर्ने अघिल्लो सरकारको क्याविनेटको निर्णय खारेज गर्नुपर्छ भनेर झापाको एउटा प्रतिनिधिमण्डल आएको विषयमा यो सरकारले ध्यानाकर्षण गर्नु पर्ने उनको तर्क रहेको छ ।

केपी ओलीले भनेको कुरा स्मरण गराउँदै झाँक्रीले बैठकमा भनिन्,’तुइन एरा सिद्धियो भनेर गफ दिएको तर दार्चुलामा तुइनबाट खसेर नेपाली युवक बेपत्ता भएका छन्’ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर