आफ्नो सरकार टिकाउन ओलीले गरे यस्तोसम्म भन्छन् 'पार्टी एकता हुन्छ अनि संसदबाटै बजेट आउँछ' — OSNepal

आफ्नो सरकार टिकाउन ओलीले गरे यस्तोसम्म भन्छन् ‘पार्टी एकता हुन्छ अनि संसदबाटै बजेट आउँछ’

LC (KTM) May 16, 2021 0

काठमाडौं जेठ २ । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री समेत रहेका केपी शर्मा ओलीले संसदबाट नै आर्थिक वर्ष २०७८/ ७९ को बजेट आउने बताएका छन् । आज वरिष्ठ नेता माधव नेपाललाई भेट्न सिंहदरवार पुगेका ओलीले सञ्चारकर्मीहरुसँग कुरा गर्दै यस्तो बताएका हुन् ।

ओलीले पार्टी एकता पनि हुने र संसद जिउँदै भएकाले अध्यादेशबाट बजेट नल्याई संसदबाट नै बजेट ल्याउने बताएका हुन् । ओली पार्टी एकताको लागि कार्यदलका सदस्यहरुको टुंगो लगाउन सिंहदरबार पुगेका थिए । बालुवाटारमा बोलाएर धेरै समय कुराउने ओलीलाई आज नेपालले सिंहदरवार पुर्याएका हुन् ।

पछिल्लो समय उखान टुक्काबाट नेपाल समुहलाई व्यंग्य गर्दै आएका ओली आफ्नो सरकार टिकाउन आफ्नो निणर्यलाई वदर गरी दुई पाइला पछाडि गएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर