हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको जीप तनहुँमा पल्टियो — OSNepal

हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको जीप तनहुँमा पल्टियो

LC (KTM) August 03, 2021 0

तनहुँको शुक्लागण्डकी नगरपालिका–३ कार्कीडाँडास्थित भित्री कच्ची सडकमा आज दिउँसो भएको जीप दुर्घटनामा नौ जना घाइते भएका छन् ।

हटियाबाट दुलेगौडातर्फ आउँदै गरेको ग२च ४०३४ नम्बरको जीप ब्रेक फेल भई नालीमा पल्टिँदा जीपमा सवार ९ जना घाइते भएको प्रहरीले जनाएको छ । घाइतेमध्ये छ जनालाई पोखरा पठाइएको छ भने तीन जनाको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । सबै घाइतेको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर