श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए — OSNepal

श्रीलङ्कामा एक करोड व्यक्तिले कोभिड–१९ विरूद्धको खोप लगाए

LC (KTM) August 03, 2021 0

श्रीलङ्कामा एक करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप लगाइएको मङ्गलबार सार्बजनिक यहाँको सरकारी तथ्याङ्कले देखाएको छ ।श्रीलङ्कामा यसै बर्षको जनवरीदेखि कोभिड–१९ विरूद्धको खोप कार्यक्रम सञ्चालन भएदेखि कोभिड–१९ खोपको पहिलो मात्रा लगाउनेको सङ्ख्या एक करोडभन्दा माथि पुगेको औषधी उत्पादन, आपूर्ति र नियमन राज्य मन्त्री चन्ना जयसुमानाले बताउनुभएको छ । पुष्टि गर्नुभएको छ ।

जयसुमानाले श्रीलंकामा ३० वर्षभन्दा माथिको कुल जनसङ्ख्या एक करोड १५ लाख रहेको खोप लगाउन बाँकी रहेको उक्त उमेर समूहका १५ लाख व्यक्तिलाई आगामी केही सातामा नै खोप दिइने उहाँले बताउनुभयो ।

जयसुमानाले स्थानीय सञ्चारकर्मीसँग भन्नुभयो, “श्रीलङ्काका राष्ट्रपतिले अगस्टको अन्त्यअघि ३० वर्षभन्दा माथिका सबैलाई खोप लगाउने प्रबन्ध गर्न सरकारलाई दिएको निर्देशन अनुसार प्रशासनले काम गरिरहेको छ । हामी विश्वस्त छौं हामीसँग तोकिएको समयभन्दा अघि पनि यो अभियानलाई पूरा गर्न लागिपरेका छौँ ।”

सरकारी अधिकारीका अनुसार श्रीलङ्काले खोप लगाउने कामलाई पहिलो प्राथमिकतामा राखी अभियानलाई तीव्रता दिएको छ ।३० वर्ष माथिको उमेरका व्यक्तिलाई खोप लगाइसके पछि सरकारले छिट्टै १८–३० बर्ष उमेर समूहलाई लक्षित गरी अभियान थाल्नेछ ।

स्वास्थ्य मन्त्रालयको तथ्याङकअनुसार यस एशियाली मूलुकमा चीनमा निर्मित खोप सिनोफार्म लगाउने मात्रको सङ्ख्या करिब ८३ लाख रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर