कोरोना संक्रमण बढ्दै गएपछि बङ्गलादेशमा थप पाँच दिनका लागि लकडाउन थपियो — OSNepal

कोरोना संक्रमण बढ्दै गएपछि बङ्गलादेशमा थप पाँच दिनका लागि लकडाउन थपियो

LC (KTM) August 04, 2021 0

बङ्गलादेश सरकारले कोभिड–१९ नियन्त्रणका लागि जारी बन्दाबन्दी ९लकडाउन०लाई थप कडाईका साथ आगामी पाँच दिनका लागि बिस्तार गर्ने निर्णय गरेको छ ।

सरकारले महामारी नियन्त्रणका लागि यस पहिले जारी गरेको लकडाउन १० अगष्टसम्मका लागि बढाउने निर्णय लिएको राजधानी ढाकामा मंगलबार आयोजित उच्चस्तरीय बैठकपछि पत्रकार सम्मेलनमा मन्त्री ए।के।एम। मोजमेल हकले बताउनुभएको छ ।

अगष्ट ११ देखि पदयात्री तथा यातायातमाथि आवतजावतमा लगाएको प्रतिबन्धलाई चरणवद्धरूपमा कम पार्दै लाने उहाँले बताउनुभयो ।

उक्त दिनपछि सबै पसल तथा सपिङ मल पुनः सञ्चालनमा आउने उहाँले बताउनुभयो । जुलाई २१ मा यहाँ मनाइने ईद अल–आदा पर्वको अवसरमा एक हप्तासम्म प्रतिबन्ध लगाएपछि बङ्गलादेशले जुलाई २३ देखि अगस्त ५ सम्म थप कडाइका साथ लकडाउनलाई निरन्तरता दिने बताएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर