प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोरोना सङ्क्रमण — OSNepal

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोरोना सङ्क्रमण

LC (KTM) May 08, 2021 0

काठमाडौँ, २५ वैशाख – प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापा र प्रमुख स्वकीय सचिव इन्द्रप्रसाद भण्डारीलाई पुनः कोभिड–१९ सङ्क्रमण देखिएको छ । पिसिआर परीक्षणका क्रममा आफूहरुसहित स्वकीय उपसचिव रुपेश आचार्यलाई पनि सङ्क्रमण देखिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले जानकारी दिनुभयो ।

यसअघि पनि थापा र भण्डारीलाई सङ्क्रमण देखिएको थियो । शुक्रबार प्रधानमन्त्रीसहित उहाँका स्वकीय र निजी सचिवालय तथा सुरक्षा निकाय र चालक दलका सयभन्दा बढीको पिसिआर परीक्षण गरिएको थियो । परीक्षणका क्रममा प्रधानमन्त्री ओलीलाई भने सङ्क्रमण नदेखिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा कृष्ण पौडेलले जानकारी दिनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर