प्रधानमन्त्रीद्धारा वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक कार्कीको निधनमा दुःख व्यक्त — OSNepal

प्रधानमन्त्रीद्धारा वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक कार्कीको निधनमा दुःख व्यक्त

LC (KTM) May 16, 2021 0

काठमाडौँ, २ जेठ- प्रधानमन्त्री केपी शर्मा ओालीले वरिष्ठ गीतकार तथा चलचित्र निर्देशक चेतन कार्कीको निधनमा दुःख व्यक्त गर्नुभएको छ ।उहाँले आज साँझ ट्वीट गर्दै गीतकार कार्कीप्रति श्रद्धासुमन अर्पणका साथ शोकसन्तप्त परिवारजनप्रति समवेदना पनि प्रकट गर्नुभएको छ ।

सङ्क्रमित पत्रकारलाई घरमै सेवा
नेपाल प्रेस युनियन सुनसरी शाखाले कोरोनाबाट सङ्क्रमित भएका सञ्चारकर्मीलाई घरमै गएर स्वास्थ्य सेवा प्रदान गर्ने भएको छ । दोस्रो चरणको कोरोना फैलिएपछि जिल्लामा झण्डै एक दर्जन सञ्चारकर्मी सङ्क्रमित भएका छन् । होम आइसुलेशनमा बसेका सञ्चारकर्मीलाई घरमा गएर स्वास्थ्य सेवा दिन थालिएको अध्यक्ष पवन अधिकारीले जानकारी दिनुभयो ।

कोरोनाबाट सङ्क्रमित सञ्चारकर्मीलाई घरमै गएर डाक्टर, नर्ससहितको निःशुल्क स्वास्थ्य सेवा दिन थालिएको छ । सङ्क्रमित सञ्चारकर्मीलाई घरमै गएर परामर्श दिने र आवश्यक औषधोपचार गर्ने गरी डा अमितकुमार खतिवडा र स्टाफ नर्स किरण चौधरीसँग प्रेस युनियनबीच सहमित भएको अध्यक्ष अधिकारीले बताउनुभयो ।

घरमै गएर सेवा प्रवाह गर्दा सङ्क्रमित सञ्चारकर्मीलाई हौसला प्रदान हुनुका साथै सङ्क्रमण मुक्त हुनका लागि सहज हुने अधिकारीको भनाइ रहेको छ । युनियनले यसअघि गत वर्ष सुनसरीका २६० जना सञ्चारकर्मीको निःशुल्क कोरोना बीमा गरिएको थियो । बीमा गरिएकामध्ये ३० जनालाई जनही एक लाखका दरले रकम समेत पाइसकेको अधिकारीले बताउनुभयो । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

भर्खर